काठमाडौं । सर्वोच्च अदालत परिसरको सुरक्षा व्यवस्था थप कडा बनाइएको छ ।
न्यायालयभित्र विवाद बढिरहेका बेला सर्वोच्च परिसरको सुरक्षा व्यवस्था कडा बनाइएको हो । सुरक्षाका नाममा सञ्चारकर्मीलाई समाचार संकलनमा समेत कडाइ गरिएको छ ।
पछिल्लो केही दिन यता न्यायाधीशहरु सहित नेपाल बार समेतले प्रधानन्यायाधीशको राजीनामा माग गरिरहेका छन् ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले राजीनामा नदिने बरु महाभियोग लागे त्यसको सामना गर्न तयार रहने बताउँदै आएका छन् ।