काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वमन्त्री प्रभु साहबीच भेटवार्ता भएको छ । एमाले प्रथम विधान महाधिवेशनमा आठ बुँदे असहमति जनाउँदै आएका साह र अध्यक्ष ओलीबीच बुधबार भेटवार्ता भएको हो।
फागुन २३ को सर्वोच्चको फैसलाबमोजिम नेकपा माओवादीमा नगई नेकपा एमालेमै बसेका साहले नेतृत्वप्रति असन्तुष्टी जनाउँदै आएका छन् । पछिल्लो समय साहले नेकपा एमालेमै रहेर नेकपा ब्यूँताउने प्रयास गरिरहेका छन् ।
साहलाई बुधबार विहान अध्यक्ष ओलीले छलफलका लागि आफ्नो निवास बालकोट बोलाएका थिए ।
माओवादी परित्याग गरी नेकपा एमालेमा लागेका प्रभु साह पछिल्लो समय एमालेमा नरहने र माओवादीमा पनि नफर्कने निष्कर्षमा पुगेका छन् ।