काठमाडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री पदबाट राजीनामा दिएकी छिन् ।
बुधबार बागमती प्रदेश सभालाई सम्बोधन गर्दै उनले पदबाट राजीनामा दिएकी हुन् । उनले आफूले संविधानको धारा एक सय ६९ को उपधारा १ (क) अनुसार अर्को सरकार गठनका लागि मार्ग प्रशस्त गरेको बताइन् ।
प्रदेशसभा बैठकमा उनले पेस गरेको विश्वासको मतमाथि उठेका प्रश्नको जवाफ दिएकी थिइन् । उनले छोटो समयमा आफूलाई केही उपलब्धिमूलक काम गर्न सबै पक्षबाट सहयोग भएको बताउँदै सबैलाई धन्यवाद दिइन् ।
बागमती प्रदेश सभा बैठक अर्को सूचना जारी नहुन्जेल स्थगित भएको छ ।