रसुवामा सार्वजनिक सवारी साधनको भाडा घट्यो

रसुवा । रसुवामा सार्वजनिक सवारी साधनको भाडा दर घटेको छ । सरकारले वृद्धि गरेको २३ प्रतिशतमा, जिल्लामा सञ्चालन हुने सार्वजनिक सवारी साधनको भाडा दर सात प्रतिशतले घटाइएको हो ।

जिल्ला प्रशासन कार्यालय रसुवा र यातायात व्यवसायी बीचको छलफलपछि सात प्रतिशत भाडा दर घटेको हो ।

सरकारले २३ प्रतिशत भाडा बढाएपछि यहाँका यातायात व्यवसायीले पनि एक कात्तिकदेखि रसुवाबाट काठमाडौँसम्मको भाडा  आठ सय १७ रुपैयाँ लिँदै आएका थिए ।

यसअघि यातायात व्यवसायीले लिइरहेको भाडामा ८७ रुपैयाँ घटाइएको छ ।

प्रशासनको आग्रहमा भाडा दर घटेपछि अहिले रसुवाबाट काठमाडौँको भाडा सात सय ३० रुपैयाँ कायम भएको छ ।

नयाँ भाडा दर बुधबारबाटै कायम गरिएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.