काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनको मिति पटक–पटक सारिदै आएको छ । निर्धारित समयलाई पटक–पटक सार्दै कांग्रेस केन्द्रिय निर्वाचन समितिको बैठकले आगामी मंसिर २७ गतेदेखि पुस १ गतेसम्म गर्ने निर्णय गरेको छ ।
यस अघि मंसिर ९ देखि १३ गतेसम्म गर्ने भनिएको महाधिवेशन कांग्रेसको वडा, पालिका र जिल्ला अधिवेशनका कारण निर्धारित समयमै गर्न समस्या हुने समितिले जनाएको छ । सो मितिलाई १८ दिन पर सार्दै नयाँ मिति मंसिर २७ देखि पुस १ मा महाधिवेशन गर्ने निर्णय निर्वाचन समितिले गरेको हो ।
यस्तै क्रांगेसको बाँकी वडा, पालिका र जिल्लामा कात्तिक २७ गते भित्र अधिवेशन सकाउने निर्णय पनि गरेको छ । क्रियाशिल सदस्यताका विषयमा बाँकी समस्या समाधान छिट्टै गर्ने बताइएको छ ।
निर्वाचन समितिले सिफारिस गरेको प्रस्तावलाई कांग्रेस केन्द्रिय समतिले अनुमोदन गर्नुपर्नेछ । त्यसका लागि सभापति एंव प्रधानमन्त्री शेरबहादुर देउवाले चाँडै केन्द्रिय समितिको बैठक बोलाउने बताएका छन् ।
४ औं महाधिवेशनको नयाँ कार्यतालिका अनुसार मंसिर ३ गते प्रदेश सभा अधिवेशन, मंसिर ६ गते संघीय निर्वाचन क्षेत्र अधिवेशन, मंसिर १० गते जिल्ला अधिवेशन र मंसिर १६ - १७ सात वटै प्रदेशको अधिवेशन गर्ने निर्वाचन समितिले जनाएको छ ।