एमाले अधिवेशन : सिद्धार्थनगरमा पौडेल पक्षका थापा विजयी

बुटवल । सिद्धार्थनगर नगरपालिकाकाे प्रथम नगर अधिवेशनमा उपमहासचिव विष्णु पौडेल निकट चक्रबहादुर थापा विजयी भएका छन् । सिद्धार्थनगर एमाले उपमहासचिव घनश्याम भुषालको निर्वाचन क्षेत्र हाे । 

उपमहासचिवद्वय निकटका नेताले छुट्टाछुट्टै प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा उतारेका थिए । तर भुसाल निकट थानेश्वर पौडेल एक सय चार मत अन्तरले पराजित भएका हुन् ।  दुई सय ३६ मतदाता रहेको सिद्धार्थनगर नगरपालिकामा दुई सय २३ मत खसेको थियो । जसमा थापाले एक सय ६१ र पौडेलले ५७ मत प्राप्त गरेका थिए ।

अधिवेशनबाट नगर कमिटीको उपाध्यक्षमा अर्जुनकुमार गिरी निर्वाचित भएका छन् । उनले एक सय ८७ मत प्राप्त गरे भने प्रतिस्पर्धी लक्ष्मी केसीले ३४ मत पाइन् ।

सचिवमा पौडेल निकट नारायण भण्डारीले भुषालका स्वकीय सचिव मनोजकुमार रिजाललाई  एक सय ५४ मतले पराजित गरे ।

तीन पदमा दुई उपमहासचिव निकटका नेताहरुबीच प्रतिस्पर्धा भएपछि चुनावमार्फत नेतृत्व चयन भएको हो ।

यहाँ अधिकांश पौडेल निकट नेता विजयी भएका छन् । नगर कमिटीको उपसचिवमा कुमार गुरुङ र माया कँडेल विजयी भएका हुन् । यहाँ अन्य पदमा सर्वसम्मत नेतृत्व चयन भएको छ ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.