स्वरोजगार लघुवित्तको बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । स्वरोजगार लघुवित्तको २५ प्रतिशत बोनस सेयर सुरक्षित गर्ने आज (बिहीबार) अन्तिम दिन हाे। लधुवित्तले साधारणसभा प्रयोजनका लागि १२ कात्तिकदेखि २७ गतेसम्म बुक क्लोज गर्दैछ ।

कम्पनीले लाभांश प्रस्ताव पारित गर्न २७ कात्तिकमा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा विहान ११ बजे साधारण सभा बोलाएको छ । 

सभामा कम्पनीले २५ प्रतिशत बोनस सेयर वितरण गर्ने मुख्य प्रस्ताव छ । सभामा अधिकृत, जारी तथा चुक्ता पूँजी वृद्धि गरी सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा पनि छ ।

यता, अन्य कुनै वित्तीय संस्थासँग मर्ज वा एक्वायर गर्नुपरेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि छ ।

सर्वसाधारण सेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्ने तीन जना सञ्चालकहरूको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्ने लगायतका प्रस्ताव छन् ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.