काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी ६ महिनाभित्र कोरोनाविरुद्धको खोप लगाइसक्ने गरी अघि बढ्न निर्देशन दिएका छन् ।
बिहीबार कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रको बैठकलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री देउवाले यस्तो निर्देशन दिएका हुन् ।
‘आगामी ६ महिनाभित्र सरकारले सबै नागरिकलाई खोप दिने लक्ष्य राखेको छ । खोपमा कुनै कमी नहोस् । दाताहरुसँग त्यहीअनुसार मागौँ, आग्रह गरौँ । बरु आफैँ खरिद गरौँ । तर, सबै नागरिकलाई सकेसम्म निःशुल्क लगाउने व्यवस्था गरौँ ।’ बैठकमा देउवाले भने ।