जलवायु परिवर्तनसम्बन्धी काेपनहेगन निर्णय लागू हुनुपर्छ : अर्थमन्त्री शर्मा

 

 

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि खोलिएका कोषमा नेपालको पहुँच कम भएको भनी अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएका छन् ।

बुधबार अर्थमन्त्री शर्माले विश्व बैंकका प्रतिनिधिसँगको भर्चुअल बैठकका क्रममा अन्तर्राष्ट्रिय समुदायलाई सम्बाेधन गर्ने क्रममा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएका हुन् । 

बैठकमा बिश्व बैंकको सहयोगमा नेपालमा सञ्चालित विकास परियोजनाहरु र जलवायु परिवर्तनको असरका विषयमा छलफल भएको थियो ।

सम्बोधनका क्रममा मन्त्री शर्माले विश्व बैंकको सहयोगमा सञ्चालन हुने उर्जा तथा अन्य पूर्वाधार परियोजना कार्यान्वयनको गति बढाउन सरकारले तदारुकताका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरे । 

मन्त्री शर्माले जलवायु परिवर्तनबाट अति प्रभावित विकासशील मुलुकले वार्षिक क्षतिपूर्तिबापत पाउनुपर्नेसम्बन्धी कोपनहेगन निर्णय समेत लागू नभएको बताएका छन् ।

अर्थमन्त्री शर्माले जलवायु परिवर्तनको असर रोकथाम तथा न्यूनीकरणका लागि स्थापना गरिएका कोषहरुमा नेपालको पर्याप्त पहुँच नरहेको विषयमा समेत विश्व बैंकको ध्यानाकर्षण गराएका छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.