लुम्बिनी प्रदेशसभामा एमाले सांसदको नाराबाजी

बुटवल । लुम्बिनी प्रदेश सभामा एमालेका सांसदहरूले नाराबाजी गरिरहेका छन् । प्रदेश सभाको बिहीबारको बैठकमा एमालेका सांसदहरू रोष्ट्रमअगाडि उभिएर नाराबाजी गरिरहेका हुन् ।

स्वच्छचारी मुर्दावाद, संसदीय सर्वोच्चता कायम गरौँजस्ता नारा लगाएर उनीहरूले बैठकमा अवरोधमा सृजना गरिरहेका छन् ।

माओवादी केन्द्रका नेता कूलप्रसाद केसी मुख्यमन्त्री भएदेखि एमालेले संसद् चल्न दिएको छैन ।

माओवादी केन्द्रमा लागेका आफ्ना दुई सांसदलाई निलम्बन नगरेको भन्दै एमालेले संसद् अवरोध गर्दै आएको हो ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.