काठमाडौं । आज नेपालमा थप पाँच सय ९१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । आजै ६ सय ६४ जना कोरोनाबाट मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा देशभर ८ हजार आठ सय ४८ जनामा गरिएको पीसीआर परिक्षणमा पाँच सय २७ जना र पाँच सय ७ जनामा गरिएको एन्टिजेन परीक्षणमा ६४ जनामा संक्रमण देखिएको हो । साथै बिहिबार कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार आज थपिएका संक्रमितसँगै नेपालमा कूल सक्रिय संक्रमितको संख्या १० हजार एक सय ३६ जना रहेको छ ।