काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा आगामी शनिबार स्तन क्यान्सरसम्बन्धी निःशूल्क ओपिडी सेवा सञ्चालन हुने भएको छ ।
स्तन क्यान्सर विशेषज्ञ डा. वानिरा गिरीले शनिबार १० देखि १२ बजेसम्म निःशूल्क ओपिडी सेवा दिने अस्पतालले जनाएको छ ।
पछिल्लो समय नेपाली महिलाहरूमा स्तन क्यान्सरको समस्या बढिरहेको छ । यस्तो अवस्थामा क्यान्सरको शंका लागेका वा लक्षण देखिएकाहरूले आफ्नो निःशूल्क ओपिडी सेवामा आएर लाभ लिन सक्ने डा. गिरीले जानकारी दिइन् ।
नर्भिक अस्पतालले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विगत केही महिनादेखि प्रत्येक शनिबार निःशूल्क ओपिडी सेवालाई सञ्चालन गर्दै आएको छ ।
यो सेवाअन्तर्गत प्रत्येक शनिबार १० देखि १२ बजे अस्पतालमा कार्यरत् कुनै एक विशेषज्ञ डाक्टरले निःशूल्क ओपिडी सेवा दिनेछन् ।