फेरि कांग्रेस महाधिवेशनको नयाँ मिति, मंसिर २४ देखि २६ मा गर्न प्रस्ताव(कार्यतालिकासहित)

काठमाडौं । नेपाली कांग्रेसको निर्वाचन समितिले आगामी मंसिर २४ गतेदेखि २६ गतेसम्म १४औं महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । यस अघि समितिले मंसिर २७ गतेदेखि पुस १ गतेसम्मको कार्यतालिका सार्वजनिक गरेको थियो ।

कांग्रेसका शिर्ष नेताहरुसँगको छलफल पछि केही दिन कार्यतालिका अघि सारेर सार्वजनिक गरेको निर्वाचन समितिले जनाएको छ । पार्टी सभापति एंव प्रधानमन्त्री शेरबहादुर देउवाले उपयुक्त समयमा महाधिवेशन गर्ने गरि कार्यतालिका सार्वजनिक गर्न निर्देशन दिएपछि मंसिर २४ देखि २६ को मिति उपयुक्त रहेकोे निर्वाचन समितिले जनाएको छ ।

यस्तै क्रांगेसको बाँकी वडा, पालिका र जिल्लामा कात्तिक २७ गते भित्र अधिवेशन सकाउने निर्णय पनि गरेको छ । क्रियाशिल सदस्यताका विषयमा बाँकी समस्या समाधान छिट्टै गर्ने बताइएको छ ।

निर्वाचन समितिले सिफारिस गरेको प्रस्तावलाई कांग्रेस केन्द्रिय समतिले अनुमोदन गर्नुपर्नेछ । त्यसका लागि सभापति एंव प्रधानमन्त्री शेरबहादुर देउवाले चाँडै केन्द्रिय समितिको बैठक बोलाउने बताएका छन् ।

४ औं महाधिवेशनको नयाँ कार्यतालिका अनुसार मंसिर ३ गते प्रदेश सभा अधिवेशन, मंसिर ६ गते संघीय निर्वाचन क्षेत्र अधिवेशन, मंसिर १० गते जिल्ला अधिवेशन र मंसिर १६–१७ सात वटै प्रदेशको अधिवेशन गर्ने निर्वाचन समितिले जनाएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.