एजेन्सी । यसै साता प्रेमीसँग वैवाहिक बन्धनमा गाँसिएकी राजकुमारी माको न्युयोर्क सिटीको सिंगल बेडरुम अर्पाटमेन्टमा बस्ने भएकी छिन् ।
विवाहलगत्तै राजकीय उपाधि गुमाएकी माकोको लामो समयदेखिका प्रेमी केही कोमुरोसँग विवाह भएको थियो ।
३० वर्षीय कोमुरो अमेरिकामा वकालती पेशा गर्छन् ।
राजकुमारी बस्ने अपार्टमेन्टको मासिक भाडा खुलाइएको छैन । तर, उनीहरु बस्ने भनिएको म्यानहटनमा एउटा बेडरुमसहितको अर्पाटमेन्टको मासिक भाडा ३ हजारदेखि ११ हजार डलर छ ।
राजकीय उपाधि गुमाएपछि जापानको दरबारले प्रदान गरेको १४ करोड यान लिन उनले अस्वीकार गरेकी थिइन् । उपाधि गुमेपछि दरबाट पैसा नलिने माको जापानकै राजपरिवारको इतिहासमा पहिलो महिला हुन् ।
सर्वसाधारणसँग विवाह गरेकी उनले सामान्य जीवन बिताउँन चाहेको उनी निकटका व्यक्तिहरुले बताउँदै आएका छन् ।
माकोले अमेरिकामा काम खोज्ने बताउँदै आएकी छन् । विवाहअगाडि उनी जापानको एउटा संस्थामा आबद्ध थिइन् ।