काठमाडौं । एभरेष्ट बैंकले चालु आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट सेयर धनीलाई १० दशमलव ४२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
बैंकको आज (१२ कात्तिक) मा बसेको संचालक समितिको बैठकले ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित चार दशमलव ४० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्रै सेयरधनीले पाउने छन् ।
हाल चुक्ता पूँजी आठ अर्ब ८९ करोड ३७ लाख १७ हजार रुपैयाँ रहेको बैंकको लाभांश वितरणपश्चात् चुक्ता पूँजी नौ अर्ब ४२ करोड ७३ लाख रुपैयाँ पुग्नेछ ।