एमाले केन्द्रीय समितिमा थपिए प्रभु साहका दुई सारथि

काठमाडौं । माओवादी परित्याग गरेर एमालेमा आएका प्रभु साहले दुई जनलाई एमालेको केन्द्रीय सदस्य बनाएका छन् ।

उनले आफूनिकट दुई जनालाई केन्द्रीय सदस्य बनाएर अध्यक्ष केपी ओलीबाट पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

शुक्रबार अध्यक्ष ओलीबाट केन्द्रीय सदस्य पदमा कुन्दन कुशवाहा र मोहम्मद समीरले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.