प्रभु साह एमाले केन्द्रीय समिति बैठकमा सहभागी

काठमाडौं । नेकपा एमालेको केन्द्रीय समिति बैठकमा प्रभु साह सहभागी भएका छन् ।  पछिल्लो समय असन्तुष्ट रहँदै आएका पूर्व माओवादी नेता साह शुक्रबार च्यासलमा बसेको केन्द्रीय समिति बैठकमा सहभागी भएका हुन् । 

एमालेसँग असन्तुष्ट रहँदै आएका उनी कहिले माओवादीमा त कहिले नेकपा ब्यूँताउने बताउँदै आएका थिए ।  तर, अघिल्लो स्थायी कमिटी बैठकले साहनिकट दुई जना कुन्दन कुशवाहा र मोहम्मद समीरलाई अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीमा मनोनित गरेका थिए ।

थपिएका केन्द्रीय सदस्यहरुले आजको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीबाट सपथ लिएका छन् । आजकाे केन्द्रीय कमिटी बैठकमा साह पनि उपस्थित भएका हुन् । यससँगै उनी एमालेमै रहेको स्पष्ट भएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.