काठमाडौं । क्रुज ड्रग्सको मामिलामा मुम्बईको आर्थर रोड जेलमा बन्द शाहरुख खानका छोरा आर्यन खान जमानतमा रिहा हुने भएका छन् । उनका नाममा शुक्रबार दिउँसो जमानत आदेश जारी भएको हो ।
तर साढे पाँच बजेसम्म अदालतको जमानत आदेश जेलमा नपुगेका कारण शनिबारमात्रै कागजी कारबाही पूरा हुने र आर्यन रिहा हुने भारतीय सञ्चारमाध्यमहरुमा समाचार छ । (एजेन्सीबाट)