अध्यक्ष ओलीले गराए कुश्वाहा र समीरलाई शपथ ग्रहण

काठमाडौं । नेकपा एमालेले  केन्द्रीय सदस्यमा दुई जनालाई मनोनित गरेको छ । शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले नेता प्रभु शाह निकट कुन्दन कुश्वाहा र महमद समीरलाई केन्द्रीय सदस्यमा मनोनित गरेका हाे ।

मनोनित भएका कुश्वाहा र समीरलाई अध्यक्ष केपी शर्मा ओलीले पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन् । केन्द्रीय समिति बैठकमा प्रभु शाह पनि उपस्थित थिए । 

कुश्वाहा रौतहट क्षेत्र नम्बर ३ (ख) बाट माओवादी केन्द्रबाट प्रदेश सांसदमा निर्वाचित भएका थिए । 

समीर बारा क्षेत्र ३ बाट माओवादी पार्टीबाट नै प्रदेश सांसद थिए ।

एमालेमा प्रवेश गरेसँगै दुवैको प्रदेशसभा सदस्य पद गुमेको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.