जाजरकोट । ८ वटा स्थानीय तहमध्ये ६ वटा स्थानीय तहमा नेकपा एमाले डोल्पाले अधिवेशन सम्पन्न गरेको छ । एमालेले ६ वटा स्थानीय तहमा सर्वसम्मत रूपमा नेतृत्व चयन गर्दै वडा, गाउँ तथा नगर अधिवेशन सम्पन्न गरेको हो ।
त्रिपुरासुन्दरी नगरपालिकाले ११ वटा वडा र नगरमा सर्वसम्मत रूपमा नेतृत्व चयन गर्दै वडा तथा नगर अधिवेशन सम्पन्न गरेको छ । ठूलीभेरी नगरपालिकाका ११ वटा वडामा अधिवेशन सम्पन्न भइसकेको छ ।
आगामी आइतबारभित्र नगर अधिवेशन सम्पन्न गर्ने तयारी भइरहेको नेकपा एमाले डोल्पाले जनाएको छ । त्यसैगरी मुड्केचुला, जगदुल्ला, शे–फोक्सुण्डो र काइके गाउँपालिका पनि वडा तथा गाउँ अधिवेशन सम्पन्न भएको नेकपा एमाले डोल्पाका कार्यवाहक अध्यक्ष तुलाचन्द्र बुढाले जानकारी दिए । सबै नेतृत्वहरू सर्वसम्मत रूपमा चयन गरिएको उनको भनाई छ । डोल्पोबुद्ध र छार्काताङ्सोङ् गाउँपालिकामा वडा अधिवेशन चलिरहेकाले छिट्टै गाउँ अधिवेशन सम्पन हुने बुढाले बताए ।
अधिवेशका क्रममा माओवादीको क्षेत्र मानिएको मुड्केचुला गाउँपालिकामा ४७ जनाले माओवादी परित्याग गरी एमाले प्रवेश गरेको बुढाले बताए । विकट ठाउँ भएकाले अधिवेशन समयमै सम्पन्न गर्न समय लागेको बताइएको छ ।