राष्ट्रपति भण्डारीद्वारा मुक्तिनाथमा पूजाअर्चना

जोमसोम । राष्ट्रपति विद्यादेवी भण्डारीले आज विहान मुक्तिनाथ मन्दिरमा पूजाअर्चना गरेकी छन् । मुक्तिनाथको पूजाअर्चनापछि राष्ट्रपति भण्डारीले पुजारी कृष्णप्रसाद सुवेदी र आनी कार्पोबाट टीका ग्रहण गरेकी छन् ।

नेपाली सेनाको हेलिकप्टरबाट मुक्तिनाथ पुगेकी राष्ट्रपति भण्डारी आजै ढोरपाटन शिकार आरक्षणको अवलोकनमा जादैछिन् । राष्ट्र प्रमुखबाट पुजाअर्चना गर्दा धार्मिक पर्यटनसम्बन्धी गतिविधि एवं तीर्थयात्री बढ्ने विश्वास लिएको छ ।

नेपालको पर्यटन एवं तीर्थयात्रा सुरक्षित छ भन्ने सन्देश दिन र नेपालका सुप्रसिद्ध धार्मिक पर्यटकीय गन्तव्यको प्रचार होस् भन्ने हेतुले राष्ट्रपति भण्डारी आज मुस्ताङ जिल्लामा अवस्थित सुप्रसिद्ध मुक्तिनाथ मन्दिर पुगेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.