काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालमाथि कटाक्ष गरेका छन्।
नेकपा एमाले सिन्धुपाल्चोक काठमाडौँ सम्पर्कमञ्चको कार्यक्रमलाई सम्बोधनका क्रममा माधव नेपालको देश दौडलाई लक्षित गर्दै कटाक्ष गरेका हुन् ।
‘बिचरा माधव नेपाल किन कुदेको होला। कहिले पोखरा, कहिले धरान कहिले धनकुटा कहिले बागलुङ। हातमा टुप्पी लिएर हिँडेजस्तो। देश बनाउन होइन‚ एमाले बिगार्नका लागि हो।एमाले राणाशासनमा जन्मिएको हो । एमालेलाई बच्चै हुँदा मार्न खोजिएको थियो।’
माधव नेपाल र केपी शर्मा ओली नेकपा एमालेका सहयात्री नेता हुन् । हाल केपी शर्मा ओली नेकपा एमालेको नेतृत्व गरिरहेका छन् भने माधव नेपाल नेकपा एमाले विभाजन गरेर एकीकृत समाजवादी पार्टी गठन गरी निर्माणार्थ लागिपरेका छन् ।
अदालतको पुष २३ को फैसलापश्चात नेकपा एमाले र माओवादी फरक-फरक पार्टीको रुपमा स्थापित भएका थिए ।