काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले न्यायालय विवादबारे गठबन्धनले साझा धारणा बनाउने बताएका छन् ।
शनिबार जनकपुर पुगेका दाहालले सत्तारुढ गठबन्धनले प्रधानन्यायाधीशको राजीनामा र महाअभियोगका सम्बन्धमा सत्ता गठबन्धनले सामूहिक धारणा बनाउने बताउँदै यस्तो धारणा राखेका हुन् ।
दाहालले यतिखेर गठबन्धन दलका नेताहरु कोही कता, कोही कता भएकाले अदालतमा देखिएका समस्याबारे छलफल हुन ढिलाई भएको बताए । ‘गठबन्धन दलको बैठक बस्नेबित्तिकै न्यायालय विवाद समस्या समाधान हुने गरी दृष्टिकोण बाहिर आउँछ ।’ दाहालले भने ।