काठमाडौं । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले अर्ली इलेक्सन हुन नसक्ने बताएका छन् ।
शनिबार जनकपुर पुगेका दाहालले संवैधानिक व्यवस्था र सर्वोच्च अदालतको पछिल्लो फैसलाले पनि मुलुक अर्ली इलेक्सनमा जान मिल्ने अवस्थामा नरहेको बताउँदै यस्तो बताएका हुन् ।
अध्यक्ष दाहालले भने, ‘अर्ली इलेक्सन हुँदैन । बडो क्लियर हुनु होला । अर्ली इलेक्सन किन हुँदैन भने हाम्रो संवैधानिक व्यवस्थाले पनि त्यो परिकल्पना गरेको छैन । दोस्रो कुरा सर्वोच्च अदालतले गरेको फैसलाले पनि अर्ली ईलेक्सन हुँदैन । कोही कन्फ्युज हुनु पर्दैन ।’