फुङलिङ । ताप्लेजुङ जिल्लामा हालसम्म ३५ हजार नागरिकले कोभिड–१९ विरुद्ध पूर्ण खोप लगाएका छन्। १८ वर्ष पूरा भएका सबैलाई पुग्नेगरी खोप आए पनि नागरिकले खोपप्रति चासो नदेखाएको पाइएको छ।
जिल्लामा १८ वर्ष उमेर समूहका करिब ८३ हजार नागरिक रहेको स्वास्थ्य कार्यालय ताप्लेजुङका खोप सुपरभाइजर दिनेश रायले जानकारी दिए। तर, पछिल्लो समय दुई चरणमा सञ्चालित खोप अभियानमा करिब १५ हजार जनाले मात्र लगाएको उनले बताए।
यस अवधिका ५० हजार जनाले कोरोनाविरुद्धको खोप लगाउने लक्ष्य राखेकामा करिब ३० प्रतिशतले मात्र खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ।