हानमा प्रत्यक्ष जोडिएका ३ सय होटल छन् । देशभर दर्ता भएका या नभएका गरी ५० हजार होटल रहेको आँकलन छ ।
काठमाडौं । नेपालमा होटलहरुको साझा संस्थाको रुपमा होटल संघ नेपाल (हान) छ । हानसँग नेपालमा कति होटल सञ्चालनमा छन् भन्ने तथ्याङ्क पूर्ण छैन ।
तथ्याङ्क पूर्ण नहुनुमा होटल व्यवसायीहरु हानमा संलग्न नुहनु कारण हुन सक्छ, यसका साथै हानले संलग्न गराउने प्रयास नगर्नु पनि कारण हुन सक्छ ।
नेपालमा ठूला होटलहरुको जति सजिलोसँग तथ्याङक पाइन्छ, साना र मझौला होटलको तथ्याङ्क पाउन मुश्किल छ ।
नेपालमा हानको तथ्याङ्कअनुसार ११ वटा पाँचतारे होटल छन् ।
दि एभरेष्ट होटल नयाँ बानेश्वर, दि फूलवारी रिसोर्ट एण्ड स्पा पोखरा, टाइगर प्लेश रिसोर्ट, लुम्बिनी होटल पोखरा गार्डेन पोखरा, दि सोल्टी काठमाडौं, दि मल्ल होटल लेखनाथमार्ग, सांग्रिला होटल लाजिम्पाट, होटल याक एण्ड यति दरबारमार्ग, ¥याडिसन होटल काठमाडौं, ह्यात रेजेन्सी काठमाडौं, होटल अन्नपूर्ण काठमाडौं नेपालका पाँचतारे होटल हुन् ।
नेपालमा ६ वटा चारतारे र २१ वटा तीनतारे होटल छन् ।
कस्तो छ, नेपालको होटलका स्थिति ?
कोरना भाइरसका कारण विश्व नै आक्रान्त बनेको बेला नेपाल त्यसबाट बच्न सकेन । कोरनाको कारण नेपालको मात्रै नभएर विश्को नै पर्यटन सुस्तायो । पर्यटकका भरमा चल्ने होटल व्यवसाय झनै सुस्तायो ।
यो आर्थिक वर्षमा मात्रै नेपालको पाँचतारे होटलमा पर्ने ¥याडिसन २३ करोड घाटामा छ । ¥याडिसनबाट केही कर्मचारीको रोजगारी गुमेको छ । यस्तै स्थिति नेपालका सबै होटलमा रहेको हानको बुझाई छ ।
सबै होटलहरुको व्यापार घाटा यही अनुपातमा रहँदा नेपालको अर्थतन्त्रमा सेवा क्षेत्र अस्तित्वको संघर्षमा रहेको देखिन्छ ।
‘कोरनाले गर्दा पर्यटक आउन बन्द भयो, होटलको आम्दानी घट्यो । आम्दानी घटेपछि तलब दिन सक्ने स्थिति रहेन । पैसाको लागि काम गरेको हो, पैसा नआउने भएपछि के बसिरहनु भनेर जागिर छोडेँ ।’ होटलका सेवा निवृत कर्मचारी बताउँछन् ।
कस्तो छ, हानको रणनीति ?
हानमा प्रत्यक्ष जोडिएका ३ सय होटल छन् । देशभर दर्ता भएका या नभएका गरी ५० हजार होटल रहेको आँकलन छ ।
देशका ७ प्रदेशबाट सेवा प्रदान गर्ने योजनामा हान रहेको बताउँछिन् अध्यक्ष सिर्जना राणा । ‘हामीले प्रधानमन्त्रीलाई भेटेर माग राखेका छौं, होटल व्यवसायलाई संरक्षण गरिदिनु प¥यो । होटललाई ओपीडिमा होइन आइसियुमा राखेर उपचार गर्नुपर्ने स्थितिमा हामी छौं । राज्यले आश्वास, सहयोग दिनुपर्याे ।’
आर्थिक वर्षको बजेट कार्यान्वयन गर्दा कर कम गर्नुपर्ने र आन्तरिक पर्यटकलाई प्राथमिकता दिई आर्थिक र राजनीतिक नीति निर्माण गर्नुपर्ने उनको माग छ ।
के गर्दैछ, सरकार ?
कोरना कालदेखि नै होटल व्यवसाय मात्रै नभए सबै क्षेत्रलाई करदेखि सरकारले गर्न सक्ने सबै क्षेत्रमा सहयोग गरेको छ, अर्थ मन्त्रालयका प्रवक्ता रितेश शाक्य बताउँछन् । उनका अनुसार ऋणका लागि पनि राष्ट्र बैंकसँग सरकारले सहकार्य गरिरहेको छ ।