मधेस माओवादीमय नभएसम्म मधेसी जनताले अधिकार पाउँदैनन् : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेश माओवादीमय नभएसम्म मधेशी जनताले अधिकार नपाउने बताएका छन् ।

सर्लाहीमा एकीकृत अखिल नेपाल शिक्षक संगठन नेपालको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘जबसम्म मधेश माओवादीमय हुँदैन, तबसम्म मधेशी जनताको वास्तविक अधिकार पनि प्राप्त हुने छैन । विकास पनि हुने छैन ।’

प्रचण्डले अब मधेशी जनता झुक्किने दिन गएको भन्दै कुनै शक्तिले माओवादीलाई मधेशसँग जोड्न रोक्ने नसक्ने बताए । मधेशका लागि दुई पटक संविधान संशोधन प्रस्ताव ल्याएको, नागरिक विधेयक ल्याएको, दलितलाई प्रदेश प्रमुख बनाएको, मधेशबाट राष्ट्रपति प्रस्ताव गरेको तर सबै प्रयास एमाले अध्यक्ष केपी ओलीले असफल बनाएको उनको आरोप थियो ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.