काठमडौं । कार्यवाहक प्रधानमन्त्री तथा गृहमन्त्री बालकृष्ण खाँणले प्रधानमन्त्री शेरबहादुर देउवासँग आफ्नो कुनै असमझदारी नभएको बताएका छन् ।
शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री खाँणले यस्तो बताएका हुन् ।
काठमाडौं प्रहरी प्रमुखमा एसएसपी सुदीप गिरीलाई ल्याउने र अशोक सिंहलाई भैरहवा विमानस्थलमा काजमा खटाउने गृहमन्त्रीको निर्णयलाई प्रधानमन्त्री देउवाले रोकेका थिए ।
खाँणले प्रहरीमा एआईजीको बरबन्दी थप लगायतका विषयमा छलफल भइरहेको बताए ।