काठमाडौं । एनएमबी बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
बैंकको १२ कात्तिकमा बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १२ दशमलव ५ प्रतिशत बोनस सेयर र ३ दशमलव ३ प्रतिशत नगद लाभांश गरी कुल १५ दशमलव ८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
उक्त प्रस्तातिव लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र सेयरधनीले पाउनेछन् ।
हाल बैंकको चुक्ता पूँजी १६ अर्ब ३२ करोड ५९ लाख ६० हजार रुपैयाँ रहेको छ । बोनस वितरणपछि बैंकको चुक्ता पूँजी १८ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ पुग्नेछ ।