प्रधानन्यायाधीश पक्षका कानून व्यवसायीले गरे सेतोपट्टी बाँधेर प्रदर्शन

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पक्षमा केही कानून व्यवसायीले सेतोपट्टी बाँधेर प्रदर्शन गरेका छन् । उनीहरूले प्रधानन्यायाधीशको राजीनामा मागेर प्रदर्शन गर्ने नेपाल बार एसोसिएसनको आन्दोलनलाई काउन्टर दिन सेतोपट्टी बाँधेर पक्षमा प्रदर्शन गरेका हुन् ।

सर्वोच्च अदालतका न्यायाधीशहरूले इजलास बहिष्कार गर्न छाडेर इजलास सुनुवाई गर्नुपर्ने माग राख्दै कानून र विधिसम्मत अदालतको विकृति हटाउनु पर्ने, माइट इज राइट होइन, रुल अफ ल अनुसार चल्नुपर्ने, अदालत पनि सुध्रिनु पर्ने, न्यायाधीशहरू पनि इजलासमा फर्किनु पर्ने मागसहित कालो र सेतो दुबै पट्टी बाँधेर प्रदर्शन गरेको कानून व्यवसायी भूमिनन्द चुँडालले क्वीक नेपाललाई जानकारी दिए ।

प्रधानन्यायाधीश जबराको राजीनामाको माग गर्दै नेपाल बार एसोसिएसनको नेतृत्वमा सर्वोच्च अदालत परिसरमा आइतबार विहानदेखि कानून व्यवसायीहरूले कालोपट्टी बाँधेर प्रदर्शन गरेका छन् ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.