सूर्या लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

इन्स्योरेन्सको १३ कात्तिकमा बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पूँजीको १२ दशमलव ७० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि शून्य दशमलव ६६८४ प्रतिशत नगद गरी कूल १३ दशमलव ३६८४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

उक्त प्रस्तावित लाभांश बीमा समितिको स्वीकृति तथा इन्स्योरेन्सको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्रै सेयरधनीले पाउनेछन् ।

सेयरधनीलाई बोनस वितरण गरेपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब ५५ करोड २ लाख ८२ हजार १ सय २ रुपैयाँ पुग्नेछ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.