नगर प्रमुखको घर अगाडि नै फोहोरको थुप्रो

काठमाडाौँ । जनकपुरधाम उपमहानगरपालिकाले फोहोर व्यवस्थापनमा ध्यान नदिएको भन्दै जनप्रतिनिधिहरुले नै नगर प्रमुख लालकिशोर साहको घर छेउमा फोहोर थुपारेका छन । पटक –पटक फाहोर ब्यावस्थापनका लागि नगर प्रमुखलाई सुचना गरेपनि यसको बेवास्ता गरेको भन्दै उनीहरुले साहको घर अगाडि फोहोर थुपारेका हुन । दीपावली नजिकिए पनि फोहोर ब्यावस्थापनको कार्य उपमहानगरपालिकाले गर्ननसकेपछि उपमहानगरकै केही वडाध्यक्षले नगरप्रमुख घर अगाडि फोहोर थुपारेका हुन् ।


फोहरमैला व्यवस्थापनका लागि डम्पिङ साइटको ब्यावस्थापन गर्न नसक्नु उपमहानगरपालिकाको कम्जोरी हो । यस्तो कम्जोरी औैँल्याउँदै स्थानीयवासीहरुले आक्रोस ब्यक्त गरेका छन ।
ड्याम्ङि साइडको अभाव हुँदा उपमहानगरभित्रको फोहोर उठ्न सकेको छैन ।

जनकपुरधाम उपमहानगरपालिका–१ का वडाध्यक्ष शत्रुधन साहले भने , ‘उपमहानगर पालिकाले फोहोर ब्यावस्थापनको ब्यावस्था नगरेको र बेला–बेलामा सुचना संकलन गरेर महानग र प्रमुखलाई फोहोरको ब्यावस्थापनमा चाँडो लाग्न विभिन्न वडा कार्यलयहिरुले भन्दासमेत यसको बेवास्ता गरेपछि १,४,र ७ न. वडाध्यक्षको नेतृत्वमा युवाहरुको टोलीले नगर प्रमुखको घर अगाडि लगेर फोहोर थुपारेका हुन ।’ प्रहरीले नगर प्रमुखको घर अगाडि फोहोर फाल्न नदिएपछि उनीहरुले जनकपुरधाम उपमहानगरपालिकाको कार्यालय अगाडि फोहोरका गाडीसहित धर्ना दिएका छन् ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.