काठमाडौं । नेपाल बार एसोसिएसनको बहिष्कारका बीच प्रधानन्यायाधीश चालेन्द्र शम्शेर जबराले आइतबार मुद्दामा सुनुवाई गरेका छन् ।
सर्वोच्च अदालतका १९ जना न्यायाधीश उनको राजीनामा मागेर अघोषित इजलास बहिष्कारमा रहेका बेला प्रधानन्यायाधीश जबराले मध्यान्हपछि आफ्नो इजलासमा पेसीमा राखिएका दुईवटा रिटको सनुवाई गर्दै आदेश जारी गरेका छन् ।
जबराले एउटा रिटमा अन्तरिम आदेश जारी गरेका छन् भने अर्को एउटा रिट हेर्दा हेर्दैमा सकिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।
न्यायाधीश कुमार रेग्मीसँगको संयुक्त इजलासमा भने रेग्मी नगएपछि सुनुवाई हुन सकेन ।