काठमाडौं । संघीय संसद सचिवालयले संसद बैठकमा उपस्थित हुन सांसदहरुलाई अनुरोध गरेको छ । सचिवालयका महासचिव डा. भरतराज गौतमले सूचना जारी गर्दै २३ भदौ अपराह्न चार बजे बस्ने बैठकमा उपस्थित हुन सांसदहरुलाई आग्रह गरेका हुन् ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले २३ भदौ बुधबारका लागि दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा)को अधिवेशन शनिबार आह्वान गरेकी थिइन् ।
सांसदहरुलाई नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा अपराह्न चार बजे उपस्थित हुन भनिएको छ ।