युवा संघका कार्यालय विभाग प्रमुख रामजी सापकोटाका अनुसार स्थलमार्ग हुँदै चितवन हिँडेका ओलीलाई स्थानीयबासीले धादिङको महादेवबेँसी, गल्छी र मलेखुमा स्वतस्फूर्त स्वागत तथा अभिन्दन गरेका छन् ।
युवा संघका कार्यालय विभाग प्रमुख रामजी सापकोटाका अनुसार स्थलमार्ग हुँदै चितवन हिँडेका ओलीलाई स्थानीयबासीले धादिङको महादेवबेँसी, गल्छी र मलेखुमा स्वतस्फूर्त स्वागत तथा अभिन्दन गरेका छन् । अध्यक्ष ओली दुई दिन चितवन बस्नेछन् ।

अध्यक्ष ओली २०५० जेठ ३ गते एमालेका तत्कालीन महासचिव मदन भण्डारीकाे चितवनकाे दास ढुङ्गामा भएकाे मृत्य स्थलमा पनि पुग्ने कार्यक्रम छ । अध्यक्ष ओलीकाे साथमा रामबहादुर थापा, प्रभु शाहलगायतका नेता सहभागी छन् ।

अध्यक्षा ओलीले भरतपुरकाे हाकिम चोकमा रहेकाे मिडटाउन रिसाेर्टमा भरतपुर महानगरपालिका अधिवेशन उद्घाटन गरी सम्बोधन गर्ने कार्यक्रम रहेकाे छ । अध्यक्ष ओलीले एमालेकाे मंसिर १० देखि १२ गते चितवनमा हुने महाधिवेशन उद्घाटन स्थलकाेअवलोकन गर्ने कार्यक्रम पनि छ ।






