मधेसमा एमाले प्रवेशको लहर

राजविराज । सप्तरीको विष्णुपुरमा पालिका अधिवेशनका क्रममा सयौं कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । आइतबार गाउँ अधिवेशनका क्रममा महेन्द्रलाल मंडलको अगुवाइमा कांग्रेस, जसपा, माओवादी केन्द्र र जनमत पार्टी परित्याग गरी सयौं एमालेमा प्रवेश गरेका हुन् ।

एमालेमा प्रवेश गर्नेहरुमा अधिकांश युवा छ्न्। नवप्रवेशी कार्यकर्ताहरुलाई प्रमुख अतिथि ताराकन्त चौधरी र विशिष्ट अतिथि रन्जु झा ठाकुरले अविर लगाएर पार्टी प्रवेश गराएका हुन् ।

अधिवेशन दिनेशप्रसाद यादवको अध्यक्षता र ललित नारायण रजकको संचालनमा भएको थियो। यसैगरी संविधानसभा सदस्य तथा जिल्ला कमिटी अध्यक्ष ताराकान्त चौधरीको प्रमुख आतिथ्यता र संविधानसभा सदस्य रन्जु झा ठाकुर, प्रदेश कमिटी सदस्य जयप्रकाश ठाकुर, अशोक कुमार यादव, जिल्ला कमिटी सचिव देवनाथ यादवको विशिष्ट आतिथ्यता रहेको थियो भने उपसचिव अखिलेश झा, दुर्गानन्द ठाकुर, पंचदेव खङ्ग, राजाराम यादवको आतिथ्यता थियो ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.