कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले राजीनामा दिँदै

काठमाडौं । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पदबाट राजीनामा दिने भएका छन् । सत्ता साझेदारी गठबन्धन कांग्रेसले विश्वासको मत नदिने चेतावनी दिएपछि शाहीले प्रदेश-१ का मुख्यमन्त्री आचार्यले राजीनामा दिएकै दिन उनले पनि राजीनामा दिने भएका हुन् । 

मुख्यमन्त्री आचार्यले केहीबेर अघि मात्रै पदबाट राजीनामा दिएका थिए । गठबन्धनबीच भएको सहमति बमोजिम अब प्रदेश-१ मा नेकपा एकीकृत समाजवादीको तर्फबाट राजेन्द्र राई मुख्यमन्त्री बन्दै छन् ।

केही दिनअघि मात्रै बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएपछि एसकै नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री बनेका थिए । 

केन्द्रमा रहेको गठबन्धनका आधारमा मुख्यमन्त्री माओवादीले नै पाउने भनेर माग गरेपनि केन्द्रभन्दा यहाँको सहमति ठूलो भएको भन्दै काँग्रेस नेता जीवनबहादुर शाहीले तत्काल राजीनामा दिन माग गर्दै आएका थिए ।

आज नेकपा समाजवादी बनेका तीन जना मन्त्रीहरुको पदावधि सकिने भएपछि पुरानो सहमतिअनुसार माओवादीले सत्ता हस्तान्तरण गर्नु पर्ने माग कांग्रेसको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.