सोमबार थपिए ५ सय ३३ संक्रमित, ९ जनाको मृत्यु

काठमाडौं । सोमबार नेपालमा थप ५ सय ३३ जना कोरोना संक्रमित थपिएको छ । सोही समय नौ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार देशभर ११ हजार ६ सय ६४ जनामा गरिएको पीसीआर परिक्षणमा ४सय ४१ जना र चार हजार १ सय ९६ जनामा गरिएको एन्टिजेन परिक्षणमा ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज थपिएकासँगै नेपालभर नौ हजार ३ सय १८ जना सक्रिय कोरोना संक्रमित रहेका छन् ।

साथै यहि अवधिमा ४ सय ९० जना कोरोना मुक्त भएको मन्त्रालयले जनाएको छ । सोमबार ९ जनाको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४ सय १६ जना पुगेको छ । पछिल्लो २४ घण्टामा ६५ हजार २८ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.