ओलीसँग कुरा मिलेपछि प्रभु शाहको पहिलो सम्बोधन

चितवन । माओवादी परित्याग गरेर एमालेमा प्रवेश गरेका प्रभु शाहले अध्यक्ष केपी ओलीसँग कुरा मिलेपछि सोमबार पहिलो पटक पार्टी कार्यक्रममा सम्बोधन गरेका छन् ।

माओवादी परित्याग गरेर आएपनि उचित व्यवस्थापन गर्न नसकेको भन्दै साह अध्यक्ष ओलीसँग असन्तुष्ट थिए । गत विधान महाधिवेशनमा समेत सहभागी नभएका साह हालै अध्यक्ष ओलीसँगको छलफलपछि कार्यक्रममा देखिएका हुन् ।

सोमबार चितवनको भरतपुरमा आयोजित महानगरको प्रथम अधिवेशनलाई साहले सम्बोधन गरेका हुन् । अध्यक्ष ओलीसहित सहभागी कार्यक्रममा सम्बोधन गरेर एमालेभित्र देखिएको असन्तुष्टि समाधान भएको सन्देश दिएका छन् ।

साह निकट दुई नेतालाई अध्यक्ष ओलीले केन्द्रीय सदस्यमा मनोनित गरेका थिए ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.