महोत्तरी । प्रेस सेन्टर नेपाल महोत्तरी साखाको दोस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ । माओवादी निकट पत्रकारहरूको संगठन प्रेस सेन्टरको दोस्रो अधिवेशनले धनवीर महतोको नेतृत्वमा १३ सदस्य कमिटी सर्वसम्मत चयन गरेको छ ।
उपाध्यक्षमा विशाल बस्नेत, महिला उपाध्यक्ष रिता लामा, सचिवमा अमृतकुमार महतो, सह–सचिवमा ममता शर्मा, कोषाध्यक्षमा आशा कुमारी तोलाङ्गे र सदस्यहरूमा साजन चिमोरिया, रामबाबु यादव, अन्जलीकुमारी साह, कल्पना राई, मन्जुकुमारी महतो, राधाकृष्ण शर्मा, विवेककुमार महतो निर्वाचित भएका छन् ।
अध्यक्ष धनवीर महतोले आफ्नो कार्यकाललाई उत्कृष्ट बनाउने प्रतिबद्धता जनाएका छन् । उनले अघिल्लो कार्यकालमा बनाइएका कार्ययोजनालाई सफल बनाउने र नयाँ कार्यभारलाई गतिशील बनाउने प्रतिबद्धता जनाए ।
प्रदेश २ का दुई वटा जिल्लामा मात्र अधिवेसशन सम्पन्न भएको छ । बाँकी ६ जिल्लामा तिहार, छठपछि अधिवेशनको मिति निर्धारण गर्ने प्रदेश कमिटी अध्यक्ष किरणकुमार कर्णले जानकारी दिए ।