मंगलबार थप ४६९ जनामा कोरोना संक्रमण, ११ को मृत्यु

काठमाडौं । मंगलबार नेपालमा थप ४६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधिमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभरबाट ७ हजार ११५ जनामा गरिएको पीसीआर परिक्षणमा ४२२ जना र ३ हजार १७२ जनामा गरिएको एन्टिजेन परिक्षणमा ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । साथै ५५५ जना कोरोना मुक्त भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४२७ जना पुगेको छ । साथै हाल देशभर ९ हजार १४७ जना सक्रिय कोरोना संक्रमित रहेका छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.