काठमाडौं । जलवायु सम्मेलन कोप–२६ मा सहभागी विश्वका सयभन्दा बढी देशका नेता सन् २०३० भित्र वन विनाश रोक्न सहमत भएका छन् ।
स्कटल्यान्डको ग्लास्गोमा आयोजित कोप–२६ का क्रममा सयभन्दा बढी देशका नेताहरुबीच यस्तो सहमति भएको हो ।
पछिल्लो समय ब्राजिलको अमेजन वन विनाश हुँदै गएको छ । ब्राजिलले पनि सहमतिको पक्षमा हस्ताक्षर गरेको जनाइएको छ । उक्त बाचा कार्यान्वयनमा ल्याउन खर्च हुने १९.२ अर्ब डलर सार्वजनिक तथा निजी कोषबाट समाविष्ट हुनेछ ।
जलवायु क्षेत्रका विज्ञहरूले पछिल्लो कदमको स्वागत गर्दै सन् २०१४ मा वन विनाश रोक्न गरिएको एउटा सहमति प्रभावकारी नभएको औंल्याएका छन् ।
रूख काटेपछि पृथ्वीलाई तताउने कार्बनडाइ अक्साइड ग्यास सोस्ने वनजंगल मासिने भएकाले जलवायु परिवर्तन हुन्छ ।