अधिवक्ता भट्टराईको प्रधानन्यायाधीशलाई प्रश्न : चुनावी क्षेत्र कुन हो ?

काठमाडौं । नेपाल बार एसोसियसनका पूर्वउपाध्यक्ष वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई आगामी चुनावी क्षेत्र कुन भनी प्रश्न गरेका छन् । 

बुधबार बारको धर्ना कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रधानन्यायाधीश राणाले राजनीतिक भाषा बोलेको बताउँदै अधिवक्ता भट्टराईले यस्तो प्रश्न गरेका हुन् । 

अधिवक्ता भट्टराईले भने,‘प्रधानन्यायाधीशज्यूले राजनीतिज्ञको भाषा बोल्नु भएको छ । उहाँले सांसद र मन्त्रीले बोल्ने भाषा बोल्नु भएको छ । उहाँले सडकबाट राजीनामा माग्दैमा नदिने बताउनु भएको छ ।’ भट्टराईले भने,  ‘नैतिकताको बल र जनआस्थाको आधारमा टिक्ने पद भएकाले प्रधानन्यायाधीशले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ।’ 

चुनाव जितेर आएका सांसदले जस्तो भाषा बोल्न नमिल्ने बताउँदै उनले प्रधानन्यायाधीशको चुनाव क्षेत्र कुन भनी प्रश्न गरे । उनले भने, ‘म सोध्न चाहन्छु प्रधान्यायाधीशज्यूको क्षेत्र कुन हो ?’

© 2021 Quicknepal.com  |  All Rights Reserved.