लुम्बिनीमा अस्पताल बनाउन श्रीलङ्काकाे रुचि

काठमाडौं । श्रीलङकाका रास्ट्रपतिले लुम्बिनीमा अस्पताल स्थापना गर्ने चाहना व्यक्त गरेका छन ।

स्कटल्याण्डको ग्लास्गोमा हिजो भएको प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटवार्तामा श्रीलङकाका रास्ट्रपति गाेटावाया राजापाक्षले लुम्बिनीमा १ सय शैयाको अस्पताल स्थापना गर्ने इच्छा जाहेर गरेका हुन ।

प्रधानमन्त्रीले यस्तो विषय नेपालका लागि हितकारी हुने, आपसी सम्बन्ध पनि गाँसिने बताएकाे परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलले जनाएका छन । श्रीलङकाकाे सहयोगका कारण शैक्षिक स्तर पनि अगाडि बढाउन सकिने र अन्तरसँस्कारको पनि विकास गर्न सकिने विषयमा छलफल भएको पौडेलले बताए ।

 

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.