आगामी चुनावमा एमालले तीनै तहमा पराजित हुन्छ : थापा

काठमाडौं । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले आसन्न तीन तहकै निर्वाचनमा प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई पराजित गर्ने बताएका छन् । 

बुधबार कांग्रेस भक्तपुर सूर्यविनायक नगरपालिका-४ मा आयोजित एक कार्यक्रमलाई सम्बोधनका क्रममा नेता थापाले यस्तो बताएका हुन् ।

सम्बोधनकाे क्रममा उनले पाँच वर्षका लागि शासन सञ्चालन गर्न जनमत पाएको एमालेले मुलुकलाई अस्थिरतातर्फ धकेलेको आरोप लगाए ।

थापाले एमालेलाई केन्द्रदेखि स्थानीय तहसम्म निर्वाचनमा बढार्ने दाबी गर्दै भने, ‘पाँच वर्ष आरामले सरकार सञ्चालन गर्नु पर्नेमा राज्य अस्तव्यस्त बनाउने काम भयो । त्यसकारण एमालेले दण्ड पाउनै पर्छ ।’

© 2021 Quicknepal.com  |  All Rights Reserved.