काठमाडौं । नेकपा एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले नेकपा एकीकृत समाजवादीलाई दशौँ महाधिवेशनमा आमन्त्रणका लागि योग्यता नपुगेको बताएका छन् ।
दशौँ महाधिवेशनमा आतिथ्यका लागि नेपाली राजनीतिक दललगायत विदेशबाट क-कसलाई बोलाउने भन्ने प्रसंगमा भट्टराईले एकीकृत समाजवादी पार्टी अवैध गर्भाधानबाट जन्मिएको संज्ञा दिँदै यस्तो बताएका हुन् ।
एकीकृत समाजवादी पार्टीलाई निमन्त्रणा हुन्छ वा हुँदैन भन्ने प्रसंगमा उनले भने, ‘हामी जसको पहिचान स्पष्ट छ । ठेगाना स्पष्ट छ, जसको उद्देश्य स्पष्ट हुन्छ । उनीहरुलाई हामी बोलाउँछौँ । उल्लेखित पहिचानमा एकीकृत समाजवादी पक्कै पर्दैन होला । किन भने यो अवैध सन्तान जस्तो हो । तसर्थ अवैधानिक पार्टीलाई बोलाउन आवश्यक छैन ।’
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)