काठमाडौं । सेयर कारोबारमापक नेप्से परिसूचक ५.२२ अंकले बढेको छ ।
अघिल्लो दिनको तुलनामा करिब शून्य दशमलव १८ बढेर बुधबार दुई हजार आठ सय ४८.८४ विन्दुमा पुगेको हो ।
तर, बुधबार नेप्से वृद्धिदर भने घटेको हो ।
उक्त दिन ६१ हजार ७ सय ४५ कारोबारबाट २ सय २९ कम्पनीका ९९ लाख ९५ हजार ५ सय २२ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ६ अर्ब ५५ करोड ३० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम बढी हो ।
मंगलबार बजारमा ६ अर्ब ७ करोड ३७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । उक्त दिन करिब ६० हजार कारोबारबाट २ सय ३० वटा कम्पनीका ९९ लाख ७७ हजार ४ सय ८३ कित्ता सेयर किनबेच भएका थिए ।