प्रतिक्रियावादी शक्ति मलाई सिद्ध्याउन लागिपरेका छन् : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देश तथा विदेशका प्रतिक्रियावादी आफूलाई सिद्ध्याउने मिसनमा लागिपरेको बताएका छन् । 

नेवा राष्ट्रिय मुक्ति मोर्चाले बिहीबार नेपाल संवतको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रचण्डले यस्तो बताएका हुन् । 

‘तपाईहरुले हिजो अस्तिका भाषा पनि सुन्नुभयो होला, उनको टार्गेट माओवादी होइन, प्रचण्डप्रति देखिन्छ । प्रतिक्रान्तिकारी प्रतिगामीहरु जसरी हुन्छ प्रचण्ड सिध्याउने भनेर लागेका छन्, सो क्रममा दाहालले भने, ‘अहिले अनौठो लाग्न सक्छ,सबै मिलेर प्रचण्डलाई हराउनेमा छन् । तर, व्यक्तिगत रुपमा हारजितको मतलब छैन, लास्टसम्म लड्ने भनेर हिँडेको छु ।’

© 2021 Quicknepal.com  |  All Rights Reserved.