ककाठमाडौं । निर्वाचन आयोगले विवेकशील साझा पार्टीको नयाँ विधान र केन्द्रीय कार्य समितिलाई आयोगको विवरणमा अद्यावधिक गरेको छ ।
विवेकशील साझा पार्टीको बहुमतले गरेको निर्णयबमोजिम आयोगले विवेकशील साझा पार्टीको विवरण अद्यावधिक गरेको हो ।
आयोगले बुधबार सो पार्टीलाई पत्र पठाएर यसबारे जानकारी गराएको थियो ।
प्रवक्ता शरदराज पाठकका अनुसार विवेकशील साझाको केन्द्रीय अध्यक्ष रविन्द्र मिश्र र १२४ जना केन्द्रीय सदस्य आयोगको अद्यावधिक गराइएको छ ।
पाँचजनाको राजीनामा र एकजनाको निधनपछि अब सो पार्टीको केन्द्रीय समिति १२४ सदस्यीय भएको छ । यद्यपि विवेकशील साझा पार्टीले यसलाई अस्वीकार गर्ने बताउँदै आएको छ ।