घोराही । नेकपा एमालेका नेता तथा लुम्बिनी प्रदेश इन्चार्ज शंकर पोखरेलले सर्वोच्च अदालतको फैसलाबाट जनादेशलाई उल्टाएर गलत काम भएको बताएका छन् ।
बुधबार घोराहीमा आयोजित पत्रकार सम्मेलनलाई संबोधन गर्ने क्रममा पूर्वमुख्यमन्त्रीसमेत रहेका पोखरेलले निर्वाचनको माध्यमबाट जनताले प्रदान गरेको जनादेशलाई बेवास्ता गरेको बताउँदै सो बताएका हुन् ।
सो क्रममा उनले नेकपाभित्रकै माधव नेपाल र पुष्पकमल दाहाल प्रचण्डको अन्तरसंघर्षले गुमेको जनादेश नेपालको संसदीय व्यवस्थाका लागि गलत नजिर भएको बताए ।